Comments Add Comment

इब्राहिमोभिचको कीर्तिमान

१५ साउन, काठमाडौं । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ए मा दुई गोल गरेपछि एसी मिलानले साम्पडोरियालाई ४-१ ले सहजै पराजित गरेको छ । मिलानका लागि इब्राहिमोभिचले दुई तथा हाकन चाल्हानोग्लु र राफायल लिओले एक-एक गोल थपे ।

३८ वर्षको उमेरमा पनि गोल गर्न उत्तिकै माहिर इब्राहिमोभिचले दुई गोलका साथै एक गोलका लागि सहयोग पनि गरे । उनले साम्पडवरिया विरुद्ध खेलको चौथो मिनेटमै पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । उक्त गोल मिलानको लागि उनको ५०औं गोल थियो । यस गोलपछि इब्राहिमोभिच सिरी ए मा इन्टर र एसी मिलान दुवैका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

इब्राहिमोचिभले यसअघि पहिलो स्पेशलमा मिलानका लागि ६१ खेलमा ४२ गोल गरेका थिए । साम्पडोरियाविरुद्ध ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका इब्राहिमोभिचले मिलानको लागि कूल ५१ गोल गरिसकेका छन् ।

इब्राहिमोभिचले २००६-०९ मा इन्टरबाट खेल्दै ८८ खेलमा ५७ गोल गरेका थिए । स्वीडिस क्लब माल्मोबाट फुटबल खेल्न सुरु गरेका इब्राहिमोभिचले नेरल्याण्ड्सको अयाक्स इटलीकै युभेन्टस स्पेनको बार्सिलोना फ्रान्समा पेरिस सेन्ट जर्मेन इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेड र एमएलएसमा एलए ग्यालेक्सीबाट खेलिसकेका छन् ।

मिलानका लागि दुई गोल गरेका इब्राहिमोभिचको करियरमा कूल गोलसंख्या ५५२ पुगिसकेको छ । जसका लागि उनले ९३४ खेल खेलेका छन् । ३८ वर्षमा पनि यी स्डिस खेलाडीको गोल गर्ने जोश उस्तै छ ।

अहिले खेलिरहेका मध्ये धेरै गोल गर्नेमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी मात्र इब्राहिमोभिचभन्दा अघि छन् । उनले अर्को सिजन पनि मिलानबाटै खेल्ने सम्भावना रहेको छ । उनले स्वीडेनका लागि ११६ खेल खेल्दै ६२ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment