+
+
Shares

इरानमा कोरोना संक्रमित तीन लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १७:४८

१५ साउन, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इरानमा कोरोना संक्रमितको संख्या तीन लाख एक हजार ५३० पुगेको हो । पछिल्लो २४ घण्टामा इरानमा कोराना भाइरसका दुई हजार ६२१ नयाँ संक्रमित थपिएका हुन् ।

इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र इरानमा कोरोना भाइरसको कारण २२६ जनाको मृत्यु भएको हो । गत अप्रिलमा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन खुकुलो पार्ने निर्णय गरिएसँगै इरानमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको हो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?