Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु

१५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप एक जनाको मृत्युु भएको छ । वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबाररेर गण्डक कोरोना अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ :४० बजे निधन भएको डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए ।

त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधी कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment