Comments Add Comment

बेलायतमा बढाइयो सेल्फ आइसोलेसनको समय

१६ साउन, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वा लक्षण देखिए घरमा नै आइसोलेसनमा बस्नुपर्ने सेल्फ आइसोलेसनको नियम परिवर्तन गरेको छ ।

यससँगै अब सेल्फ आइसोलेसनमा बस्ने मानिसले १० दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । यसअघि सेल्फ आइसोलेसनको समय ७ दिनको तोकिएको थियो ।

बेलायतमा खोकी, ज्वरो, स्वाद र गन्ध थाहा नपाउनेलगायतका लक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्नुपर्ने हुन्छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले विश्व स्वास्थ्य संगठनको निर्देशिकाको आधारमा यो नियम पनि परिवर्तन गरिएको बताएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अहिलेसम्म पाइएको तथ्य अनुसार कोरोना भाइरसबाट निको भएको सातदेखि नौ दिनसम्ममा पुनः संक्रमण देखिने खतरा बढी हुन्छ । उनीहरुका अनुसार कोरोना संक्रमणको लक्षण देखिनुभन्दा पहिला र देखिएपछि संक्रमितले अरु मानिसलाई यो संक्रमण सार्ने सम्भावना बढी हुन्छ । वैज्ञानिकहरुका अनुसार कुनै पनि मानिसले आफूलाई संक्रमण देखिएको नौ दिनसम्म पनि अर्को मानिसलाई कोरोना भाइरस सार्न सक्छ ।

यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपका धेरै क्षेत्रमा कोरोना संक्रमणको दोस्रो लहर देखिएकोप्रति चिन्ता व्यक्त गरेका थिए । सरकारले सबै मानिसहरुलाई सावधानीको सबै नियम पालना गर्न आग्रह गरेको छ ।

सेल्फ आइसोलेसनको नियम मुलुकअनुसार फरक फरक रहेको छ । आइरिस गणराज्यमा सेल्फ आइसोलेसनको समय १४ दिन तोकिएको छ । अमेरिकामा १० दिनसम्म सेल्फ आइसोलेसनमा बस्नु जरुरी हुन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment