Comments Add Comment

पर्सागढी नगरपालिका अनिश्चितकालका लागि बन्द

लक्षण नभएका संक्रमितलाई राख्न होटलको प्रबन्ध

१६ साउन, वीरगञ्ज । कोरोना महामारीको उच्च जोखिममा परेको भन्दै पर्साको पर्सागढी नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिका बन्द हुने जानकारी दिएका हुन् ।

महामारीको जोखिम बढेपछि नगरपालिकाबाट प्रदान हुने अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए ।

पर्सागढीको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ५ जना स्वास्थ्यकर्मी र एक जना स्थानीयमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जको कोरोना अस्पताल भरिएपछि तीन जना संक्रमितलाई वगहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । पर्सागढीमा आइसोलेसन सेन्टर नहुँदा समस्या छ ।

यो पनि पढ्नुहोस पर्सागढीका ५ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको पीसीआर परीक्षण गराउने तयारी नगरपालिकाले गरिरहेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको खण्डमा पर्सागढीले तत्कालका लागि होटल कुमु प्यालेसमा आइसोलेटेड गर्ने भएको छ । त्यसका लागि पर्सागढी नगरपालिका र होटलबीच सम्झौता भइसकेको छ ।

‘लक्षण नभएका संक्रमितलाई होटलमा व्यवस्थापन गर्छौ, लक्षण भएकाको लागि व्यवस्थित आइसोलेसन सेन्टर नै आवश्यक पर्छ होला ।’ उनले भने ।

व्यवस्थित आइसोलेसन बनाउनका लागि पनि नगरपालिकाले तयारी थालेको उनले बताए । पर्सागढी– ४ मा सहकारी संघको भवन छ । त्यसलाई नै मर्मत गरेर आइसोलेसन सेन्टरको रुपमा सञ्चालन गर्न सकिन्छ कि भन्ने छ । ’ उनले भने ‘ त्यहाँ कम्तिमा २५ बेडको आइसोलेसन सेन्टर बनाउन सकिन्छ ।’

पर्सागढीमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र ४ वटा स्वास्थ्य चौकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment