+
+
Shares

३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १७ गते २१:२८

१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति संक्रमित थपिए ?

सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?