Comments Add Comment

अनसनरत युवाहरुलाई भेट्न बसन्तपुर पुगे देउवा र सिटौला

१७ साउन, काठमाडौं । आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् ।

असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि बसन्तपुरमा अनसनरत छन् । उनीहरुलाई भेट्न शनिबार देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला पुगेका हुन् ।

अनसनरत युवाहरुलाई भेटेपछि देउवाले उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । ‘उहाँहरुको मागलाई हाम्रो समर्थन छ’ उनले भने, मान्छेलाई मर्न दिनु हुन्न । सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ ।’

शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले धरपकड गरिरहेको भन्दै उनले भत्र्सना समेत गरे ।

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको र रसरकारले वार्ता गरेर तत्काल सम्बोधन गर्नुपर्ने धारणा राखे ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि फेरि अनसन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment