Comments Add Comment

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’

मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै निरुताले भनेकी छिन्–‘मलाई आज पनि संझना आउँछ, दार्जिलिङ्गमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरु बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ । दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका भनेर चिनेको जानेको नै नायक भूवन केसी र नायिका तृत्ती नाडकर हुनुहुन्थ्यो । हामी सबै उहाँहरुको फ्यान थियौं ।’

निरुताले आफूले सपनाको महानायकसँग डेब्यू चलचित्रमा नै काम गर्न पाउँछु भनेर कहिले नसोचेको पनि उल्लेख गरेकी छिन् । उनी लेख्छिन्–‘म नयाँ कलाकारलाई भूव नकेसीले जसरी सहयोग गर्नुभयो, त्यो देखेर म झनै उहाँको फ्यान भएँ । यसका लागि म आफैलाई भाग्यमानी ठान्दछु । भूवन दाई हजुरले गर्नुभएको हर सहयोग अनी मायाका लागि मुरी मुरी धन्यवाद । हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म पनि भुल्ने छैन । हजुर मेरो लागि रियल हिरो हो ।’

नायिका निरुता सिंहले भूवनले आफू नयाँ कलाकार हुँदा निकै सहयोग गरेको भन्दै उनको प्रशंसा गरेकी छिन् । नायिका सिंहले चलचित्र ‘दक्षिणा’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्, जसमा नायक भूवन केसी थिए ।

पछिल्लो समयमा नायिका सिंहले नायक केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment