Comments Add Comment

महाराष्ट्रका मुख्यमन्त्रीको बयानमा कंगनाको आक्रोश

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् ।

यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क थियो ।

मुख्यमन्त्रीको यो भनाइपछि कंगना उनीमाथि भड्किएकी छिन् । कंगनाको टिमले शनिबार ३ ट्विट गरेको छ । नायिका कंगना रनावतले आफ्नो घरको वरिपरी ३ पटक गोली पड्किएको पनि उल्लेख गरेकी छिन् । आफूलाई धम्की दिनका लागि कसैले गोली पड्काएको हुन सक्ने उनको आशंका छ ।

कंगनाको टिमले लेखेको छ–‘कंगनाको बोली बन्द गर्नका लागि निकै धेरै कुरा भैरहेको छ । मुभी माफिया र राजनीतिक माफियाले सुशान्तको आत्महत्याको मुद्दामा हात मिलाएका छन् । उनीहरुलाई थाहा छ कि, कंगना कुनै पनि खालको धम्कीबाट डराउँदिनन् । यसैले, मृत्युदेखि पनि नडराउने कंगनाका लागि सानातिना चाल चल्नु आवश्यक छैन ।’

कंगनाको टिमले महाराष्ट्रका मुख्यमन्त्रीमाथि पनि आक्रोश व्यक्त गरेको छ । ट्विटमा लेखिएको छ–‘दुनियाँकै उत्कृष्ट मुख्यमन्त्री आफूलाई प्रमाण दिन भनिरहेका छन् । मुम्बई प्रहरीले सुशान्तको निधन भएको स्थानलाई सिल समेत गर्न सकेन, तर मुभी माफियाहरुका लागि उत्कृष्ट मानिएका मुख्यमन्त्री जनतासँग प्रमाण मागिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment