+
+
Shares

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १७:३०

१८ साउन, काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।

शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?