Comments Add Comment

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।

कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।

तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment