+
+

हङकङमा कोरोना नियन्त्रण गर्न चीनको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १६:५१

१९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले हङकङमा मेडिकल विशेषज्ञको टोली पठाएको छ । चीनले कोरोना भाइरस परीक्षणका लागि पठाउन लागेको ६० सदस्यीय टोलीमध्ये सात स्वास्थ्य अधिकारी हङकङ पुगेका हुन् । पहिलोपटक चिनियाँ स्वास्थ्य अधिकारीहरु हङकङलाई सहयोग गर्न पुगेका हुन् । पछिल्लो केही दिनयता हङकङमा कोरोना संक्रमितको संख्या बढिरहेको समयमा चिनियाँ टोली हङकङ पुगेको हो ।

यद्यपि केही स्थानीय काउन्सिलरहरुले भने चीनले हङकङका मानिसहरुमाथि निगरानी राख्न डीएनए संकलनको लागि सहयोग गर्न खोजेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

हङकङको सरकारले भने यसको खण्डन गरिसकेको छ ।

करिब दुई सातायता हङकङमा निरन्तर दैनिक नयाँ संक्रमितको संख्या एक सय नाघ्दै आएको थियो । यसले हङकङमा कोरोना नियन्त्रणका लागि मानिसहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङ सफल हुन नसकेको आशंका उत्पन्न भएको थियो ।

सोमबार हङकङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ भने ८० नयाँ संक्रमित थपिएका छन् । यससँगै हङकङमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार ७५ लाख जनसंख्या रहेको हङकङका सबै नागरिकको कोरोना भाइरस परीक्षणको तयारी भइरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?