Comments Add Comment

बार्सिलोनाको नजर पोचेटिनोमाथि

१९ साउन काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले माउरिसिओ पोचेटिनोलाई किके सेटिएनको विकल्पको रुपमा हेरेको बेलायती अनलाइन डेली मेलले जनाएको छ ।

यसअघि ला लिगामा बार्सिलोनाकै छिमेकी स्पानयोललको प्रशिक्षक बनिसकेको पोचेटिनोले बार्साको प्रशिक्षक बन्ने विकल्प नरहेको बताएका थिए । तर यसै सिजन स्पानयोल ला लिगाबाट रेलिगेसनमा परिसकेको छ र पोचेटिनोले पनि बार्साको प्रशिक्षक बन्न चासो देखाएको डेली मेलले उल्लेख गरेको छ ।

गत वर्ष प्रिमियर लिग क्लब टोटनहम हट्सपरले बर्खास्त गरेपछि पोचेटिनोले कुनै पनि क्लब सम्हालेका छैनन् ।

जनवरीमा बार्सिलोनाले एर्नेस्टो भेलभेर्डलाई बर्खास्त गर्दा पनि पोचेटिनो बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने चर्चा थियो।

स्पानयोलका लागि कप्तानी समेत गरिसकेकोले बार्सिलोनाको प्रशिक्षक बन्दा स्पानयोलविरुद्ध खेल्न संघर्ष गर्नुपर्ने पोचेटिनोले यसअघि बताएका थिए ।

उनले एल पाइसँगको कुराकानीमा स्पानयोलमै खेलेर आफूले नाम राखेको बताएका थिए । यस्तै २०१८ मा आफूले बार्सिलोनाको अध्यक्ष बार्तामेउलाई भेटेर ५ मिनेट कुराकानी गरेको र त्यसले अफवाह उत्पन्न गरेको बताउँदै ‘ती अफवाहलाई खारेज गर्न चाहान्छु तर म बार्सिलोनाको अनादर गर्न चाहन्न’ भनेका थिए ।

किके सेटिएनको प्रशिक्षणमा बार्सिलोनाले ला लिगाको उपाधि रक्षा गर्न नसकेपछि उनको भविष्य क्याम्पनोउमा अन्योल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment