Comments Add Comment

एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि

१९ साउन, विराटनगर । मोरङको रंगेली नगरपालिकामा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १४ जना स्थानीयबासी हुन् भने पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी छन् । अस्पतालका  दुई जना प्राविधिक र एक सहयोगी संक्रमित भएका हुन् ।

बुधबार सोनवर्षी नगरपालिका-८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

उनको कट्याक ट्रेसिङका क्रममा बजारका स्थानीयसहित जम्मा १५६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसक्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १४ जना एकै परिवारको रहेकेा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले बताए ।

मृतक पुरुष रंगेलीको क्लिनिक, जिल्ला अस्पताल रंगेली हुँदै गत मंगलबार कोशी अस्पताल आइपुगेका थिए । कोशीमा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई धरान रेफर गरिएको थियो । धरान रेफर गरेको केही घण्टामा ति पुरुषको मृत्यु भएको थियो ।

‘विरामीलाई क्लिनिक र अस्पताल लगेको पाइएपछि व्यापारी र स्थानीयसहित १५६ जनाको स्वाब संकलन गरेका थियौं’ रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले भने, ‘अस्पतालका कर्मचारी र बजारका गरी १७ जनामा मृतकबाट सरेको हो कि भन्ने छ ।’

तर विद्युत वितरण केन्द्रका कर्मचारीमा भेटिएको कोरोना सक्रमणको स्रोत खुलेको छैन । विद्युत वितरण केन्द्रका ३८ जनाको नमुना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

यसले समुदायमा संक्रमण फैदिएको आशंकालाई बल पुगेको अधिकारीहरू बताउँछन् ।

रंगेली नगरपालिकाले बजार क्षेत्रलाई तीन दिनका लागि सिल गरेको छ । वडा नम्बर ७ का साथै ४, ६ र ८ का केही भाग तीन दिनका लागि सिल गरिएको मेयर बगडीयाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment