+
+
Shares

पाँचपोखरी थाङ्पालका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते ८:१४

२१ साउन, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो ।

तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताए ।

पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको अध्यक्ष लामाले बताए ।

पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?