Comments Add Comment

मुद्दाको सुनुवाइ हुनु अगावै बुटवल उपमहानगरले भत्काइदियो घर 

२१ साउन, बुटवल । अदालतले सुनुवाई गर्ने म्याद तोकेकै दिन बिहानै बुटवल उपमहानगरपालिकाले निवेदकको घरमा डोजर चलाएर भत्काइदिएको छ । उपमहागरको वडा नं. ९ र ११ मा पर्ने कालिकापथमा रहेको खिमबहादुर हमालको घर बुधबार बिहानै सुरक्षा घेरामा भत्काइएको हो ।

सडक बिस्तार योजनामा चित्त नबुझी हमालसहितका केही स्थानीय  अदालत पुगेका थिए । अदालतले आज (बुधबार) मुद्दामाथि सुनुवाइ गर्ने  म्याद तोकेको थियो । तर उपमहानगरपालिकाले बिहान ६ बजे नै घर भत्काइदिएको हो ।

‘साउन १३ गतेबाट सरेर अदालतमा आज सुनुवाइ हुने भनिएको थियो’, घर धनी हमालले भने, ‘तर घरमा मान्छे सुतिरहेका बेला बाहिर निस्कन समेत नभनी एक्कासी अमानवीय र आपराधिक हिसाबले घर भत्काइयो ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बुटवल नगर अध्यक्ष बाबुराम पन्थी र नेकपाकै कार्यकर्ता रहेका ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले मंगलबार साँझ ७ बजे आफूलाई भेटेर अदालतमा गएर मुद्दा फिर्ता लिन र वडा कार्यालयमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेका र आफूले १० बजे कार्यालय खुलेपछि त्यसमा निर्णय गर्ने बताएको हमालले बताए ।

उपमहानगरपालिकाले अदालतको सुनुवाइसम्म नपर्खेर ज्यादती गरेको हमालको गुनासो छ ।

यसबारे कानून व्यवसायीसँग बुझ्दा अदालतको मानहानीमा मुद्दा चल्ने बताउँछन् । कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरे पनि अटेर गरेपछि डोजर चलाउनुपरेको बुटवल उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment