+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सगुनको स्पष्टीकरण : नेपालमा बस्ने नेपाली लक्षित विज्ञापन गरेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १२:१६

२१ साउन, काठमाडौं । सगुन इन्क यूएसएले नेपालमा बस्ने नेपालीहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको सम्बन्धी कुनै पनि विज्ञापनहरु नगरेको स्पष्ट गरेको छ ।

‘नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायबाट तथ्य र विषयवस्तुको विबेचना नगरी यस संस्थाको नाम उल्लेख गरी सुचना प्रकाशित गर्नुपूर्व यस संस्थासँग सो सम्वन्धमा बुझ्नु पर्नेमा बुझ्दै नबुझी सुनुवाईको मौका समेत नदिई यस सगुन इन्क यूएसएको नाम उल्लेख गरी प्रकाशित गरेको सार्वजनिक सूचनाबाट सगुन इन्क यूएसए र यसका लगानीकर्ताहरुको मनोवल र ख्यातिमा आँच पुग्न गएकोले दुख ब्यक्त गर्दछौ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ  ।

नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायले बिषयबस्तुको गम्भीरता नबुझि मिति २०७७ श्रावण १४ गते प्रकाशित सार्वजनिक सूचनालाई सच्याउन आग्रह समेत गरेको छ । यसै सिलसिलामा सगुन इन्क यूएसए ले नेपाल धितोप्रत्र वोर्डलाई स्पष्टीकरण निवेदन (दर्त्ता नं : ७७१) बुझाईसकेको जानकारी पनि कम्पनीले दिएको छ ।

सगुन इन्क यूएसए संयुक्त राज्य अमेरीकाको डेलावयर राज्यमा गैर आवासिय (प्रवासी) नेपालीहरुको सक्रियतामा स्थापना भई विश्व भर सामाजिक सञ्जालको रुपमा कार्य गर्दै आएको अमेरीकी कानून बमोजिम दर्ता भएको एक संस्था हो ।

सामाजिक सञ्जालको रुपमा फैलिएको यस सगुन इन्क यूएसए संयुक्त राज्य अमेरीकाको धितोपत्र तथा विनिमय आयोगबाट शेयर सम्बन्धी कारोवार गर्न अनुमति प्राप्त गरी सर्वसाधारणका लागि कारोवार गर्दै आईरहेको छ ।

 

कम्पनीका अनुसार नेपाल सरहद बाहेक विश्वभर रहेका गैरआवासीय (प्रवासी) नेपाली र अन्य विश्वका नागरिकहरुले यस सगुन इन्क यूएसए मा आफ्नो वार्षिक आम्दानीको १० पुँजी वराबरको शेयरमा लगानी गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?