+
+
Shares

सिंहदरबार प्रवेशमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १३:२६
Photo Credit : फाइल तस्वीर

२१ साउन, काठमाडौं । सरकारी कर्मचारी बाहेकलाई सिंहदरबारमा प्रवेशमा कडाइ गरिएको छ ।

भेटघाटका नाममा हुने प्रवेशले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै गृहमन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सिंहदरबारभित्र हुने भेटघाट रोक्न प्रवेशमा कडाइ गरेको जनाएको छ ।

मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार सरकारी कर्मचारी र सरकारी काममा जानेहरुलेे मात्रै प्रवेश पाउनेछ् । राजनीतिकलगायतका भेटघाट प्रयोजनका लागि पास दिइने छैन् ।

पत्रकारले पनि कहाँ कसलाई भेट्ने हो भन्ने स्पष्ट गरेपछि मात्रै प्रवेश पाउने उनले जानकारी दिए । ‘अनावश्यक भेटघाटले कोरोना भाइरसको जोखिम बढेको आंकलन गरेर केही कडाइ गरिएको छ’ अधिकारीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?