Comments Add Comment

नेपालका नयाँ तीन आन्तरिक विमानस्थललाई आइकाओबाट मान्यता

२१ साउन, काठमाडौं । नेपालमा तीन नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुल्मी, इलाम र ओखलढुंगामा निर्माण भएका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ ।

अब इलामस्थित फाल्गुनन्द कुसिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने भएको छ । गुल्मीको रेसुंगा विमानस्थललाई अब एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ । उता, ओखलढुंगामा निर्माण भएको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बर प्राप्त भएको छ ।

प्राधिकरणका अनुसार अब आइकाओबाट मान्यता प्राप्त तीन आन्तरिक विमानस्थल थप भएका हुन् । यसअघि आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । अब नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ । नेपालमा अहिले एक अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । चार वटा आन्तरिक हब विमानस्थल (पोखरा, भैरहवा, नेपालगन्ज, विराटनगर) छन् ।

आन्तरिकतर्फ २६ विमानस्थल संचालनमा छन् । १८ वटा विमानस्थल भने बन्द अवस्थामा छन् । थप भएका यी तीन वटा विमानस्थल निर्माणाधीन अवस्थामा छन् । तीन वटै विमानस्थलको धुले मैदानमा परीक्षण उडान भइसकेको छ ।

अहिले विमानस्थलको धावनमार्ग पिच गर्ने काम भइरहेको छ । प्राधिकरणका अनुसार निर्माणाधीन यी विमानस्थलमा रनवे र ट्याक्सी वेमा सव वेश तयार पार्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment