Comments Add Comment

४ सय एक्कडमा गज्जबको आलु होटल

अमेरिकामा एक कम्पनीले ४ सय एक्कडको ठूलो मैदानमा खोलेको विशाल आलु होटल अहिले चर्चामा छ । भीमकाय आलु जस्तै देखिने उक्त लक्जरी होटलको वजन करिब ६ टन रहेको छ । जुन एयरबर्न कम्पनीले बनाएको हो ।

सिमेन्ट, कंक्रिट र स्टिलबाट बनेको आलुजस्तै देखिने उक्त होटलको नाम बिग इडाहो पोटेटो होटल हो ।

उक्त आलु होटलमा एक पटकमा निकै ऐश आरामसाथ दुईजना पाहुना बस्न सक्दछन् । लग्जरी बेठ, सोफा, ट्वाइलेट बाथरुम, स्पा, खानपिनलगायतका लक्जरी होटलका सम्पूर्ण सुविधा छन् यो होटलमा । उक्त होटलमा एक रात बस्नका लागि २ सय भारु तिर्नु पर्दछ ।

यस होटलको इन्टेरियर डिजाइन विल्कुलै आधुनिक छ । घरभित्रका बेड कभर लगायतका अधिकांश चिजहरु हातेबुना छन् ।

अमेरिकाको इडाहो आलु उत्पादनका लागि अमेरिकाभर नै चर्चित छ । राज्यको आलु पहिचानलाई सम्वृद्ध बनाउनका लागि एयरबर्नले आलुको आकारमा होटलको डिजाइन गरेको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment