Comments Add Comment

मुलुकले अब कुनै हालतमा लकडाउन झेल्न सक्दैन : चेम्बर अफ कमर्स

२१ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अब लकडाउन मुलुकले झेल्न नसक्ने बताएको छ । लकडाउनको त्रास बजारमा सुरु भईसकेको भन्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना साबधानी कडाईकासाथ लागू गर्न तर लकडाउन नगर्न सरकालाई आग्रह गरे ।

अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले लकडाउन लगाउन प्रधानमन्त्रीलाई सुझाब दिने विज्ञहरुमा अर्थतन्त्रको चिन्ता नलाग्नु दुखःद भएको बताए । |

‘चाडपर्व आउँदैछ, चार महिना बन्द ब्यापार व्यवसाय बिस्तारै चल्दैछ अब लकडाउन गरेर देश कहाँ पुग्छ ?’ श्रेष्ठले भने ।

मास्क नलगाउने, सामाजिक एवम् व्यवक्तिगत दूरी कायम नगर्ने तथा स्वस्थ्य प्रोटोकल नमान्नेलाई कारबाही गरेर सचेत बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

‘मास्क नलगाउने र स्वास्थ्य प्रोटोकल नमान्नेको फोटो खिचेर मिडियामा देखाऔं, स्यानिटाईजर प्रयोग र समाजिक दुरी बढाऔं,’ उनले भने । नेपाल भारत सीमामा मानवीय आवातजावत पूर्ण रुपमा बन्द गर्न तथा ठूला सहरको प्रवेशद्वारमा मानवीय आवाजावत बन्द गर्न उनले सरकारसँग माग गरे ।

लकडाउनको हल्लाले बजारमा सुस्ताउन थालेको, कामदार तथा कर्मचारीहरु घर जान बिदा माग्न थालेको उनले सुनाए । अन्य पूर्वतयारी र सचेतना नफैलाई लकडाउन गरिए देशले गम्भीर आर्थिक दुर्घटना ब्याहोर्नु पर्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment