
२१, साउन, काठमाडौं । बजारमा ठगीका घटना बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप २० जना जनशक्ति वाणिज्य विभाग पठाएको छ ।
बजार अनुगमनमा तीब्रता दिन उद्योग, खानी र नापतौल गरी तीन वटा विभाग तथा मन्त्रालयको गरी चार चार जनाको पाँच टोली विभागमा पठाइएको मन्त्रालयले जनाएको छ ।
बुधबार विभाग हाजिर भएका कर्मचारीलाई बजार अनुगमनबारे प्रशिक्षित गरेर अनुगमनमा खटाइएको विभागका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यले बताए ।
तरकारी, चिनी, पानी लगायतका वस्तुमा ठगी मौलाएको र विभागको अनुगमन जनशक्ति अपुग भएपछि मद्धत टोली ल्याइएको प्रवक्ता आचार्यको भनाइ छ ।
यसअघि विभागमा बजार अनुगमन गर्ने तीन वटा मात्रै टोली थिए । थप २० जनाको पाँच टोली र साबिककै तीन टोलीबाट अब दैनिक अनुगमन हुने प्रवक्ता आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4