Comments Add Comment

९० वर्षकी महिलाले जितिन् कोरोना

२१ साउन, विराटनगर । विराटनगरकी ९० वर्षकी महिला कोरोना संक्रमण निको भएर घर फर्केकी छन् ।

विराटनगर– ६ कि ती महिलालाई बुधबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले फूलगुच्छा दिएर बिदाइ गरे । बुधबार वृद्धासहित प्रदेश १ बाट ५७ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

१८ संक्रमित थपिए, दुई जनाको मृत्यु

बुधबार प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगरमा ६ पुरुष ४ महिला संक्रमित थपिएका छन् । सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

बुधबार विरटनगर महानगरपालिका – ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिका– ८ का ४५ वर्षका पुरुषको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार विराटनगरका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए । रंगेलीका पुरुषलाई भने अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । यो सँगै प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सोमबार विराटनगर– ५ का ७७ वर्षकी वृद्धा र गत बुधबार सुनबर्सी नगरपालिका – ८ का ४५ वर्षका पुरुषको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment