+
+
Shares

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

रासस रासस
२०७७ साउन २१ गते १९:३४

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आइतबार १८१ जना कर्मचारीमा पीसीआर  परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?