+
+
Shares

भारतमा अस्पतालको आईसीयू कक्षमा आगलागी हुँदा ८ कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १२:३०

२२ साउन, काठमाडौं । भारतको गुजरातको राजधानी सहर अहमदावादस्थित एक अस्पतालको आईसीयू कक्षमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार बिहान अहमदाबादको श्रेय अस्पतालको आईसीयू कक्षमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि करिब आधा घण्टा समय लागेको थियो ।

आगलागीपछि अस्पतालमा रहेका ३५ बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । यो आगलागी बिहान तीन बजेको आसपासमा भएको बताइएको छ । आगलागी के कारणले भएको हो भन्ने विषयमा भने अहिले अनुसन्धान चलिरहेको छ । आपतकालीन सेवाका अधिकारीहरुका अनुसार स्वास्थ्यकर्मीको पीपीईबाट आगो सल्किएर आगलागी भएको हुन सक्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई आवश्यक सहयोग दिन निर्देशन दिएका छन् । उनले पीडितका परिवारलाई दुई लाख राहत दिने घोषणा गरेका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?