+
+
Shares

कोरोना संकट : टोयोटाको मुनाफा ९८ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १७:०१

२२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्नका लागि लगाइएको लकडाउनका कारण अटोमोबाइल कम्पनीको बिक्री तथा आर्थिक क्षेत्रमा असर परेको छ ।

टोयोटा मोटर कर्पोरेसनको विश्वव्यापी बिक्री पनि महामारीका कारण घटेर आधा भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०२० को दोस्रो त्रैमासमा टोयोटाको मुनाफा ९८ प्रतिशत घटेको छ । जापानको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीले जुन महिनामा सकिएको त्रैमासिक अवधिमा १३ अर्ब ९० करोड जापानी येन मुनाफा कमाएको हो । सन् २०११ को पहिलो त्रैमासपछि टोयोटाको यो सबैभन्दा खराब प्रदर्शन हो । टोयोटाको ब्यालेन्स सिटको यो आँकडाले विश्वभरको अटोमोबाइल क्षेत्रको खराब अवस्थालाई देखाएको छ ।

कोरोना भाइरसको महामारीका कारण कारखानाहरु यस वर्ष लामो समयसम्म बन्द रहे र ग्राहक डिलरसिप स्टोरभन्दा टाढा नै रहे । यसबाट उत्पादन र बिक्री दुवैमा असर पर्‍यो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?