Comments Add Comment

उपाध्यायको पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक

२२ साउन, काठमाडौं । राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक कबाल्स एन्ड कार्टेल्स सार्वजनिक भएको छ ।

पुस्तक बिहीबार अर्थविद् डा. विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा बिष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले लोकार्पण गरेका हुन् ।

अर्थविद् पौडेलले उपाध्यायको पुस्तकले नेपालले बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए ।

नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको लेखक उपाध्यायले बताए ।

पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले उपाध्यायको यो पुस्तकले नेपालको विकास एवम् अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment