Comments Add Comment

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको योग्यतासम्बन्धी विवाद सर्वोच्चबाट टुंगो लाग्ने

२२ साउन, काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यतासम्बन्धी रिटमा सुनुवाई गर्ने भएको छ ।

आयोगका उपाध्यक्ष नियुक्त भएका व्यक्तिको योग्यतासम्बन्धीसार्वजनिक सरोकारको रिट इजलासबाट न्यायिक रोहमै विचार गर्नुपर्ने देखिएको भन्दै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट दर्ता गर्न अनुमति दिएको हो ।

नरेश भट्टसमेतले दायर गरेको यो रिट यसअघि सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले दरपीट गरिदिएका थिए । तर मुख्य रजिस्टारको आदेश नमिलेको देखिएकाले बदर गरिदिएको छ । अब यो रिटमाथि शुक्रबार सुनुवाई हुनेछ ।

सरकारले आयोगको उपाध्यक्षमा नियुक्त गरेका गिरीको उक्त पदका लागि तोकिएको योग्यता नपुगेको भनी प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment