+
+
Shares

२ दिनमा १२ जना संक्रमित सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १०:०९

२३ साउन, काठमाडौं । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ ।

योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला भन्छन्, ‘गलत नम्बर मात्र होइन, बस्न ठेगानासमेत गलत टिपाएका छन् ।’

कोइरालाका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए । तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन् । ‘ती आज सम्पर्कमा आउलान् कि ?’ कोइरालाले भने ।

यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराला बताउँछन् । ‘पछिल्लो साता भेटिएका संक्रमितमध्ये हरेक दिन कोही न कोही संक्रमित सम्पर्कविहीन भएका छन्,’ कोइरालाले भने, ‘उनीहरुलाई खोजिरहेका छौं ।’

कोइरालाका अनुसार बिहीबार उपत्यकामा संक्रमितमध्ये ४१ जना प्रहरी भएको, केही स्वास्थ्यकर्मी र केही अख्तियारका बरिष्ठ अधिकारीहरुसमेत रहेका छन् । यस्तै विहीबार थपिएका संक्रमितमध्ये ३७ जनामा लक्षण समेत देखिएको छ ।

टेकुस्थित शुक्रराज अस्पताल, युनिफाइड अस्पताल र पाटन अस्पतालको आइसोलेसन भरिएपछि ईडीसीडीले विहीबार आयुर्वेद अस्पताल कीर्तिपुर, केएमसी अस्पताल भक्तपुर र नेपाल प्रहरी अस्पतालमा व्यवस्थापन गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?