Comments Add Comment

२४ वर्षपछि इंग्ल्याण्डमा पाकिस्तानी खेलाडीको टेष्टमा शतक

२३ साउन, काठमाडौं । इंग्लयाण्डमा विदेशी ओपनरहरुलाई टेष्ट क्रिकेटमा ब्याटिङ गर्न कठिन मानिन्छ । पाकिस्तानी ओपनरहरुले पनि लामो समयसम्म राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

तर इंग्ल्याण्डविरुद्ध पहिलो टेष्ट खेलिरहेको पाकिस्तानका ओपनर सान मसुदले शतक प्रहार गरे । उनी २४ वर्षपछि इंग्ल्याण्डमा शतक प्रहार गर्ने पहिलो पाकिस्तानी टेष्ट खेलाडी बने ।

यसअघि सन् १९९६ मा साइद अनवरले इंग्ल्याण्डविरुद्ध १७६ रन बनाएका थिए । त्यसयता पाकिस्तानले पाँच पटक इंग्ल्याण्ड भ्रमण गरे पनि कुनै ओपनरले शतक बनाउन सकेका थिएनन् । ३० वर्षीय सानले पहिलो इनिङ्समा १५६ रन बनाए । उनकै शतक मद्दतमा पाकिस्तानले पहिलो इनिङ्समा ३२६ रन बनायो ।

सानले तेस्रो विकेटका लागि बाबर अजामसंग ९६ र छैटौं विकेटका लागि शदाब खानसंग १०५ रनको साझेदारी गरे । बाबरले ६९ र शदाबले ४५ रन जोडे । सानले ३१९ बल खेल्दै १८ चौका र २ छक्का प्रहार गरे ।

इंग्ल्याण्डका लागि स्टुअर्ट ब्रोड र जोफ्रा आर्चरले ३-३ विकेट लिए । दोस्रो दिनमै पहिलो इनिङ्स सुरु गरेको इंग्ल्याण्डले भने खराब ब्याटिङ गरेको छ ।

दोस्रो दिन सकिँदा इंग्ल्याण्डले २८ ओभर खेल्दै ४ विकेट गुमाएर ९२ रन बनाएको छ । टप अर्डर चाँडै आउट भएपछि ओली पोप र जोस बटलरले इनिङ्स सम्हालिरहेका छन् । पोप ४५ रनमा अविजित छन् । पाकिस्तानका मोहमम्द अबब्सले २ तथा शाहिन साह अफ्रिदी र यासिर शाहले १-१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment