Comments Add Comment

साउन ३२ सम्म मकवानपुर प्रवेशमा रोक

२३ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

‘सरकारी तथा निजी कार्यालय एवं संघसंस्थामा कार्यरत रहेका कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइने छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

बन्दाबन्दी अन्त्य भएपछि हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाड बढेको हुँदा बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षका न्यूनत्तम मापदण्डहरु पूरा भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्यूनत्तम मादण्डहरु पालना नगर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय समेत बैठकले गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment