+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

संक्रमितको उपचार गर्न मन्त्रीकै फोर्स

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन २३ गते १७:३७

२३ साउन, विराटनगर । बुधबार कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– ५ कि सिकिस्त वृद्धा भर्ना भइन् । स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखियो ।

अवस्था गम्भीर भएका कारण अस्पतालले तत्काल धरान रेफर गर्न खोज्यो । तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामी भर्ना लिन मानेन ।

मधुमेह र उच्च रक्तचापको पनि समस्या देखिएकी ती महिलामा श्वास प्रश्वासको समस्या पनि थियो । जतिबेला पनि भेण्टिलेटर आवश्यक पर्ने भएकाले कोशी अस्पतालले धरान पठाउन खोज्यो । तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसोलेसन खाली नभएको बताउँदै बिरामी भर्ना गर्न नसक्ने बतायो ।

संक्रमितका आफन्त प्रदेश १ सामाजिक विकास मन्त्रालयसम्म पुगे । विरामीलाई भर्ना गराउन भन्दै मन्त्री जीवन घिमिरे र सचिव गोबिन्दबहादुर कार्कीले प्रतिष्ठानलाई आग्रह गरे । प्रतिष्ठानले हुन्छ भन्यो तर तत्काल बिरामी लगेन ।

सिकिस्त अवस्थामा महिलाले बुधबारको रात कोशीको आइसोलेसन बेडमै गुजारिन् । बिहीबार दिउँसो भने धरानले भर्ना लिने भनेपछि कोशी अस्पतालले बिरामी पठायो ।

‘अवस्था क्रिटिकल भएकाले लेभल थ्रीको अस्पताल पठाउन खोजेका थियौं’ कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भने ‘बुधबारदेखि पहल गरेको आज (बिहीबार) बल्ल बिरामी धरान गए ।’

बुधबार कोशी अस्पतालको आइसोलेसनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । दुई जनाको मृत्यु भएपछि गम्भीर अवस्थाकी विरामीलाई तत्काल धरान पठाउन मन्त्री र सचिवले पहल गरे पनि सकेनन् ।

हामीलाई पनि समस्या छ – प्रवक्ता

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटा बेड खाली नभएका कारण विराटनगरबाट रेफर गर्न खोजेको बिरामीलाई तत्कालका लागि रोकेको बताए ।

बिहीबार बेड खाली भएपछि भर्ना गरिएको बताए । ‘बिरामी ल्याउदा समन्वय गर्नुपर्छ’ उनले भने ‘यहाँ बेड खाली थिएन । खाली नभएपछि तत्काल नपठाउन भन्यौं ।’

उनका अनुसार प्रतिष्ठानमा ८८ वटा बेड छन् । जसमा ४ वटा आईसीयू र २ वटा भेन्टिलेटर छन् । हाल प्रतिष्ठानमा भर्ना भएका ८८ मध्ये ७ जना लक्षण देखिएका बिरामी रहेको बताए ।

अस्पताल सञ्चालन गर्न साइत कहिले ?

प्रतिष्ठानले दुई महिनाअघि कोरोना संक्रमितको उपचारका लागि छुट्टै १०० बेडको कोभिड विशेष अस्पताल तयार गरेको थियो । तर सो अस्पताल अझै सञ्चालनमा आएको छैन ।

अस्पताल सञ्चालनमा नआएका कारण कोरोना संक्रमितहरु होम आइसोलेसन र क्वारेन्टिनमै राखिएको छ ।

अस्पतालका प्रवक्ता डा. सापकोटा लेभल थ्रीको अस्पतालमा भेन्टिलेटरसहितको सेवा जडानका लागि आवश्यक सामग्री नभएका कारण तत्काल सञ्चालन गर्न नसकिएको बताए ।

‘लकडाउनले गर्दा आवश्यक सामग्री पाइएन’ उनले भने ‘अहिले संक्रमितलाई राखियो भने भोलि काम गर्न सकिदैन, प्राविधिक काम सकिएपछि १०० बेडको छुट्टै अस्पताल सञ्चालन गर्छाैं ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?