+

खवास र राईप्रति श्रद्धाञ्जली

२०७७ साउन  २३ गते १९:०५ २०७७ साउन २३ गते १९:०५
खवास र राईप्रति श्रद्धाञ्जली

२३ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहायक प्रशिक्षकद्वय चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

तेक्वान्दोका खवास इलाम जिल्ला खेलकुद विकास समिति तथा एथलेटिक्सका राई सल्यान जिल्ला खेलकुद विकास समितिमा सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए । खवासको साउन २० गते तथा राईको साउन १९ गते निधन भएको थियो ।
खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय