Comments Add Comment

अस्पतालको चक्कर काट्दाकाट्दै विरामीको मृत्यु

Photo Credit : अजित भुजेल

२४ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै एक विरामीको मृत्यु भएको छ । वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो ।

ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल गएकी थिइन् । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएपछि उनी कोरोना विशेष अस्पताल, गण्डक पुगेकी थिइन्, जहाँ शनिबार बिहान २ बजेतिर निधन भएको छिमेकी अजित भुजेलले जानकारी दिए ।

अस्पताल आइपुग्दा उनी अन्तिम अवस्थामा पुगेेकाले बचाउन नसकिएको कोभिड अस्पतालका डा उदय नारायण सिंहले जानकारी दिए । ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार शुरु मात्रै गरेका थिए, विरामीको मृत्यु भयो’ उनले भने ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको डा सिंहले बताए । पछिल्लो समयमा वीरगञ्जका अस्पतालहरुले कोभिडको आशंकामा उपचार नगरी सिरियस केस गण्डकमा पठाउने क्रम बढेको छ ।

शुक्रबार पनि नेशनल मेडिकलले भर्ना गर्न नमानेपछि गण्डक ल्याइएका वीरगञ्ज-३ छपकैयाका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो । शुक्रबार बेलुका उनमा कोभिड संक्रमण पुष्टि भएको थियो ।

यसरी अटोमा रातभर डुलाइयो अस्पताल

मृतकका भिनाजु रुपेश सिंहका अनुसार शुक्रबार बिहान सामान्य ज्वरो आउनुका साथै रुघाखोकी लागेको थियो । नजिकैको इन्डो नेपाल हस्पिटलमा गए र औषधि किनेर खाए । विरामीको अवस्था सामान्य नै थियो । तर राति १० बजेतिर अचानक स्वास लिन गाह्रो भयो भनेर आफन्तलाई खबर गरे र

कोरोना महामारी शुरु भएपछि विरामी बोक्न एम्बुलेन्स पाउनु वीरगञ्जमा लागि मुस्किल छ । त्यसले आफन्तले अटोमा राखेर एडभान्स हस्पिटल पुर्‍याए । अस्पतालका चिकित्सक र विरामीमा कोरोना संक्रमण देखिएकाले त्यहाँ इमर्जेन्सीबाहेक अरु सेवा बन्द छ । त्यसैले भर्ना नै नगरी बयोधा अस्पताल लैजान सुझाए ।

बयोधाले डाक्टरलाई कोरोना लागेको छ उपचार सेवा दिन सकिँदैन भनेर फिर्ता पठयो । शुक्रबार मात्रै बायोधाका चिकित्सक, नर्ससहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बयोधाको आईसीयूमा उपचाररत दुई जना महिलाको कोरोना संक्रमणबाटै मृत्यु भएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

तराई वा भवानी हस्पीटल लैजान सुझाव दिएप तर आफन्तले कोरोना विशेष अस्पताल गण्डकमा लगे । त्यहाँ कोरोना पुष्टि नभएका विरामी भएकाको भर्ना हुँदैन । त्यसपछि भवानी अस्पतालमा लगिएको सिंह बताउँछन् । भवानी हसस्पटलमा विरामीलाई बाहिरबाटै फर्काइदियो । भवानीबाट तराई अस्पताल पुर्‍याइयो । विरामीको लक्षण सोध्ने वित्तिकै आईसीयू खाली छैन भनियो ।

विरामीलाई नेसनल मेडिकल कलेज लगियो । नेसनलमा हार गुहार गर्दा पनि भर्ना लिन मानेन । स्थानीय पत्रकार पत्रकार अजित भुजेल हुँदै यो खबर जसपाका नेता तवरेज अहमदसम्म पुग्यो । उनले ‘अस्पतालमा फोन गरिदिन्छु र म पनि निस्कन्छु । विरामीलाई नारायणी लैजान भन्नुस्’ भन्ने सन्देश पठाए । विरामी अस्पताल पुगे । तवरेजले विरामीको आफन्तमार्फत चिकित्सकसँग कुरा गरे । तर ड्यटीमा रहेका चिकित्सकले ‘सामान्य उपचार मात्रै गर्न सकिन्छ, उहाँमा शंकास्पद कोभिडको लक्षण छ । यहाँ उपचार हुन सक्दैन’ भनिदिए ।

त्यहाँबाट नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पताल पुर्‍याईयो । हेल्थ केयरले नन कोभिड विरामी भर्ना गर्न प्रोटोकलले दिँदैन भन्ने जवाफ दिएपछि अन्तिममा पुनः गण्डक अस्पताल पुर्‍याइएको थियो ।

‘बच्चा जन्मिएपछि रजश्वला बन्द भएको थियो, त्यसपछि मोटोपनको समस्या थियो । कहिलेकाँही नाक र कानबाट रगत आउँथ्यो’ भिनाजु सिंहले भने ‘एक्कासी स्वासमा समस्या आयो, कुनै अस्पतालले उपचार गर्न मानेन, बचाउन सकिएन ।’

अस्पताललाई कारबाही गर्न माग

यो त प्रतिनीधि घटना मात्रै हो, यसअघि पनि अस्पताल डुलाउँदा डुलाउँदै, अस्पतालले भर्ना गर्न समेत नमानेर वीरगञ्जमा विरामीको मृत्यु भएका छन् ।

२४ घण्टे सेवा लेखेर बोर्ड लगाउने अस्पतालले यसरी नै असहयोग गर्दै आएका छन् । चिकित्सक, स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री लगाएर उपचार गर्नुपर्नेमा गेटबाटै विरामी फर्काउने गरेको गुनासो धेरै आएको छ ।

सामान्य अवस्थामा जस्तोसुकै विरामी भर्ना गरेर चर्को पैसा असुल्ने निजी अस्पतालले महामारीमा शंकास्पद कोरोना देखिने वित्तिकै भर्ना नगर्ने गरेका छन् । २४ अैं घण्टा सेवाको बोर्ड टाँगेर अप्ठेरो स्थितिमा सेवा नदिने

यस्तै अस्पताललाई कारबाही गर्नुपर्ने जसपाका नेता तवरेज अहमदले बताए । ‘महामारीको बेला ढोका बन्द गर्ने अस्पतालहरुलाई कारबाही गर्नुपर्छ’ उनले भने, ‘प्रबन्ध पत्रमा राज्यलाई आपतविपद पर्दा राज्यले ग्रहण गर्नसक्छ भन्ने प्रावधान छ । प्रमुख जिल्ला अधिकारी लगायत जिम्मेवार अधिकारीहरु के हेरेर बसिरहेका छन् ? उनीहरुले यस्ता अस्पताललाई कारबाही गर्नुपर्दैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment