+
+
Shares

नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २४ गते १६:०५

२४ साउन, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ ।

समितिको शनिबार बसेको बैठकले हाल सञ्चालनमा रहेका कोभिड-१९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

बैठकले लक्ष्मण नभएका तथा सामान्य लक्षण भएका संक्रमितलाई राख्न सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

सदरमुकाम बाहिर पनि संक्रमण फैलिएकाले जटिल लक्षण भएका संक्रमितलाई मात्र वीरगञ्ज ल्याउने र अरुलाई स्थानीय तहले सामुदायिक आइसोलेन सेन्टर स्थापना गर्ने व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?