Comments Add Comment

लेवान्डोस्कीको दुई गोल, बायर्न क्वाटरफाइनलमा

२५ साउन, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रिक्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई ४-१ ले पराजित गर्दै बायर्नले समग्रमा ७-१ को जित हात पारेको हो ।

पहिलो लेगमा बायर्न ३-० ले विजयी भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नलाई सहज जित दिलाउन लेवान्डोस्कीले २ गोल गरे भने इभान पेरिसिक र कवरेन्टिन टोलिसोले एक एक गोल गरे । चेल्सीका लागि टमी अब्राहमले एक गोल फर्काए ।

एलिएन्ज एरेनामा भएको खेलको १०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा परेसिकले बायर्नको अग्रता दोब्बर पारे ।

२८औं मिनेटमा चेल्सीका कलुम हड्सन ओडोईले गोल गरेपनि भिएआरले मान्यता दिएन । तर ४४औं मिनेटमा टम अब्राहमले गोल गर्दै गोलअन्तरम कम पार्ने प्रयसा गरेका थिए । दोस्रो हाफमा बायर्नले दुई गोल थप्दै सहजै जित हात पार्‍यो । टोलिसोले ७६औं मिनेटमा गोल गर्दै बायर्नलाई ३-१ को अग्रता दिलाए । ८४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले ४-१ को जित हात पारेको हो ।

बायर्नले अब क्वाटरफाइनलमा स्पानिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment