Comments Add Comment

श्वासप्रश्वासमा समस्या भएकी एक महिलाको मृत्यु, कोरोना परीक्षण हुने

२५ साउन कैलाली । श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ ।

थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।

डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘अहिले शव सेती प्रादेशिक अस्पतालको लास घरमा राखिएको छ ।’

मृतक महिलाको कोरोना परीक्षणको तयारी भइरहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment