Comments Add Comment

भारतको विजयवाडाको एक होटलमा आगलागी, कम्तीमा ७ जनाको मृत्यु

२५ साउन, काठमाडौं । भारतको आन्ध्र प्रदेशको विजयवाडामा रहेको एक होटलमा आगलागीमा परी कम्तमिा सात जनाको मृत्यु भएको छ । विजयवाडाको स्वर्ण प्यालेस नामक होटलमा सर्ट सर्किटको कारण आगलागी भएको हुन सक्ने बताइएको छ । यो होटललाई कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरुलाई राख्न केयर सेन्टरको रुपमा प्रयोग गरिँदै थियो ।

उक्त आगलागी बिहान पाँच बजेको आसपासमा भएको हुन सक्ने बताइएको छ । उक्त आगो पौने ६ बजेसम्ममा नियन्त्रणमा आइसकेको बताइएको छ । आगलागीको समयमा होटलमा ३० जनाभन्दा धेरै मानिसहरु थिए । जसमध्ये अधिकांशको उद्धार गरिएको र घाइतेहरुलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

आन्ध्र प्रदेशको सरकारको अनुसन्धानको लागि निर्देशन दिएको छ । अनुसन्धानको नेतृत्व जिल्ला कलेक्टरले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । गृहमन्त्री अमित शाहले यो घटनामा दुःख व्यक्त गर्दै आवश्यक सहयोगको लागि केन्द्रीय सरकार तयार रहेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment