+
+

पार्टी विभाजनमा कतै नलाग्ने भन्दै नेकपा सांसदको हस्ताक्षर अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १३:२३

२५ साउन, काठमाडौं । मुख्य नेताहरुको स्वार्थका कारण पार्टी विभाजनको खतरा बढेको भन्दै नेकपाका सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।

आज केहीबेरमा पत्रकार सम्मेलन गरी हस्ताक्षर अभियानबारे जानकारी दिने कार्यक्रम रहेको सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

नेकपाका सांसदहरुको पहलमा भइरहेको हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव नेपाल पक्ष दुवैतिरका सांसदहरुले हस्ताक्षर गरेका छन् । ओली पक्षधर कृष्णप्रसाद दाहाल, विशाल भट्टराई तथा प्रचण्ड-माधव पक्षका यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेशकुमार राई लगायत हस्ताक्षर अभियानमा छन् ।

हालसम्म ५४ जना सांसदले हस्ताक्षर गरिसकेको र यो क्रम चलिरहेको उनले बताए । पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी र मन्त्रिपरिषद सदस्यहरुलाई भने हस्ताक्षर अभियानमा संलग्न गराइएको छैन ।

पार्टीमा समस्या सृजना गर्ने ठाउँका नेताहरु बाहेक अन्य सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान चलाएको एक सांसदले बताए । दुवै गुटका सांसदहरुले पार्टी विभाजन गर्ने अवस्थामा कतै पनि नलाग्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?