Comments Add Comment

भारतमा एकैदिन थपिए ६४ हजारबढी कोरोना संक्रमित

२५ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का ६४ हजार ३९९ नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसका समग्र संक्रमितको संख्या २१ लाख ५३ हजार ११ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ४३ हजार ३७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८६१ जनाको मृत्यु भएको हो ।

कोराना संक्रमित संख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । संक्रमित संख्याको आधारमा पहिलो स्थानमा रहेको अमेरिकामा ५० लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने दोस्रो स्थानमा रहेको ब्राजिलमा ३० लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment