Comments Add Comment

दिपेन्द्र भन्छन्–‘चाडै निको हुनु, मेरो फिल्म क्षेत्र’

व्यापारिक र बिषयवस्तुको हिसाबले त नेपाली चलचित्र क्षेत्र लामो समयदेखि बिरामी छ । दर्शकले नेपाली चलचित्र भनेपछि अझै पनि मुख खुम्च्याउन छाडेका छैनन् । तर, चलचित्र क्षेत्रमा काम गर्ने चलचित्रकर्मीहरुले बिरामी चलचित्र क्षेत्रलाई निको पार्नुको साटो झन् झन् रोगको मुखमा धकेलिरहेका छन् ।

एक अर्काको डाहा गर्ने, एकले अर्कोलाई कमजोर देखाउन हदैसम्मको खेल खेल्ने, अरुको चलचित्र चल्दा दुख मान्ने प्रवृत्ती त नौलो नै होइन । पछिल्लो समयमा त चलचित्र क्षेत्रमा एकले अर्कोलाई होच्याउने, गिराउने, अरुलाई दुख पर्दा रमाउने संकृती मौलाएको छ ।

यदिसम्म कि, कुनै नायिकाको शारीरिक बनावटमा कुनै टेलिभिजनबाट ब्यङ्ग्य गर्दा रमाउने पनि नायिका नै छन् । यस्तो प्रवृत्तीले चलचित्र क्षेत्र कहाँ पुग्ने हो र दर्शकमाझ कस्तो सन्देश गैरहेको छ भन्ने वुझ्न चलचित्रकर्मीलाई अझै लामो समय लाग्छ होला ।

निर्देशक दिपेन्द्र के खनाल चलचित्र क्षेत्रलाई चाडो निको हुनु भन्छन् । दिपेन्द्र लेख्छन्–‘चिसो मान्छे हामी । कति घृणा, कति रिस । उसले उसलाई घोचेको छ, कसले कसलाई पेलेको छ । निचोरेको छ, बटारेको छ, पछारेको छ, चिमोटेको छ, कोतरेको छ ।’

दिपेन्द्रले क्षमा माग्ने र क्षमा दिने संकृतिको विकास यो क्षेत्रमा कहिले हुन्छ भनेर पनि प्रश्न गरेका छन् । उनले, मेरो चलचित्र क्षेत्र चाडो निको हुनु भन्दै स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment