+
+
Shares

फर्म दर्ता र अत्यावश्यकबाहेकका आयात इजाजत सिफारिस स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १४:५७

२५ ,साउन, काठमाडौं । नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेका आयात इजाजत सिफारिस दिने सेवा वाणिज्य विभागले स्थगन गरेको छ । यस्तै विभागद्वारा प्रदान गरिने अन्य केही सेवाहरुलाई छोट्याइएको छ ।

कार्यालयमा सेवाग्राहीका कारण हुने भिडले कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै ती सेवाहरु भदौ ८ सम्मका लागि स्थगन गरिएको विभागले जनाएको छ । ‘नयाँ प्राइभेट फर्म र साझेदारी फर्म दर्ता, अत्याश्यकबाहेक अन्ज्य व्यापारमुलुक प्रकृति भएका प्राइभेट कम्पनीको इजाजत सेवा स्थगन गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभाग परिसरमा भिडभाड हुन नदिन प्राइभेट फर्म र साझेदारी फर्म नवीकरण,संशोधन र खारेजी तथा एजेन्सी नवीकरणको काम भने दिनको २० वटा मात्रै गरिने विगभागले जनाएको छ । बजार अनुगमन, अत्यावश्यक आयात निर्यात अनुमति तथा इजाजत र मुद्धाको कार्य भने निरन्तर रहेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?