Comments Add Comment

मकवानपुरको बजार क्षेत्रमा सोमबार रातिदेखि निषेधाज्ञा

हेटौंडा बजार ।

२५ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार मानिसको चाप हुने भएकाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टले गरेको निर्णयपछि भोलि बस्ने जिल्ला सुरक्षा समितिको बैठकले बाँकी निर्णयहरु सार्वजानिक गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

प्रशासनले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । अहिले हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा ४० जना संक्रमित रहेका छन् ।

बकैयाको सेवा बन्द

गाउँपालिकाको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै मकवानपुरको बकैया गाउँपालिकाले सबै सेवा बन्द गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले आइतबार सूचना जारी गर्दै गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment