Comments Add Comment

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२५ साउन, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । सोमबार बिहान भएको दुर्घटनामा अन्दाजी ३२/३३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत पचरौता नगरपालिका–८ स्थित जोरा खोलाको पुलमा मोटरसाइकल  ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे बिहान ६ः२० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा ना ३४ प ३४०० नम्बरको स्पलेन्डर मोटरसइकल क्षति ग्रस्त अवस्थामा भेटिएकाले मोटरसाइकल दुर्घटनाबाट उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।  घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि कलैया लगिएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘जोरा खोलाको पुलमुनि शव भेटिएको छ, मोटरसाइकलको अगाडिको भाग क्षति ग्रस्त छ । मोटरसाइकल पुलमा ठोक्किएर उनी तल खसेको हुन सक्छ,’ उनले भने, ‘मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा मोबाइल पनि बरामद भएको छ ।’

यातायत कार्यालयबाट मोटरसाइकलको विवरण मगाएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment