+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १४:५९

२६ साउन, काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको हो ।

यद्यपि कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बैंकका एक अधिकारीले जानकारी दिए । उनका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो ।

‘२ जनाको रिपोर्ट पोजिटिभ आएपछि सिल गरिएको छ, अब २ दिन पूर्ण रुपमा सिल नै रहनेछ’ ती अधिकारीले भने, ‘सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्छौ, कार्यालयलाई डिस्इन्फेक्सन गर्छौं, त्यसपछि हामी पुनः कार्यालय खोलेर सेवा दिनेछौं ।’

बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?