+
+
Shares

धनुषाका थप तीन स्थानीय तहमा लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १६:३८

२६ साउन, जनकपुरधाम । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका थप तीन वटा स्थानीय तहमा लकडाउन गरिएको छ । कमला, मिथिला र नगराइन नगरपालिकाले सोमबारदेखि लकडाउन लगाएको हो ।

कोरोनाको संक्रमण समुदायस्तरमा समेत देखापर्न थालेकाले यसको जोखिम रोकथाम तथा न्यूनिकरण गर्न भन्दै कमला नगरपालिकाले सोमबारदेखि आगामी भदौ १ गतेसम्मका लागि अति आवश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो ।

नगर प्रमुख रामउदगार गोइतले यस्तो असहज परिस्थितिमा लकडाउनको पालना गर्न सबैसँग आग्रह गरेका छन् ।

मिथिला नगरपालिकाले मंगलबारदेखि लागू हुने गरी भदौ २ गतेसम्मका लागि अति आवश्यकबाहेक सबै कामकाज बन्द गर्ने जनाएको छ । नगर प्रमु्ख हरिनारायण महताले कोरोना संक्रमण फैलिन थालेकाले कामकाज बन्द गरिएको बताएका छन् ।

नगराइन नगरपालिकाले सोमबारदेखि लागू हुने गरी साउन ३२ गतेसम्मका लागि लकडाउन लगाउने निर्णय गरेको नगर प्रमुख परमेश्वर यादवले बताएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुरधाम उप महानगरपालिकाका साथै क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?