
२६ साउन, काठमाडौं । सल्यानमा २३ वर्षीय छिमेकी युवकको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
२०५५ साल कात्तिक ५ गते दिउँसो २ बजे सल्यानको तत्कालीन निगालचुला गाबिस-२ का मनबहादुर कामीको हत्या गरी फरार भएका ६६ वर्षीय -हाल_ ईन्द्रे कामी पक्राउ परेका हुन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-१ बाट आइतबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।
हत्यापछि फरार भएका कामी सुर्खेतमै घर बनाएर लुकिछिपी बसेकी सूचनाका आधारमा सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको जोशील बताए ।
ईन्द्रेले मादक पदार्थ सेवन गरी भएको विवादमा तिहारको दिन बन्चरोले हानेर मनबहादुरको हत्या गरी जंगललमा फालेका थिए ।
यसअघि सल्यान जिल्ला अदालतको कामीलाई २० वर्ष कैद फैसला सुनाएको थियो । सोही सजाय भुक्तानीका लागि उनलाई सोमबार अदालतले कारागार चलान गरिसकेको छ ।
प्रतिक्रिया 4