Comments Add Comment

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र इन्टर सेमिफाइनलमा

२७ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

युनाइटेडले डेनिस क्लब कोभनहेगनलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ९५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

कोभनहेगनका आन्द्रे बेलान्डले एन्टोनी मार्सियललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा फर्नान्डेजले गोल गरे । र उक्त गोल नै जितका लागि निर्णायक बन्यो ।

त्यसअघि युनाइटेडका मासोन ग्रीनउडले ४५औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिँदा युनाइटेड अग्रता लिनबाट बन्चित भएको थियो ।

युनाइटेडले अब वल्भ्स र सेभियाबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

यस्तै अर्को क्वाटरफानलमा इन्टरले जर्मन क्लब बायर लेभरकुजनलाई २-१ ले पराजित गरेको छ । सुरुवाती २५ मिनेटभित्रै सबै गोल भएको खेलमा इन्टरले पहिले अग्रता लिएको थियो । निकोले बरेलाले १५औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा रोमेलु लुकाकुले इन्टरको अग्रता दोब्बर पारे । २५औं मिनेटमा लेभरकुजनका काई हाभार्टले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेको थियो । तर त्यसपछि लेभरकुजनले गोल थप्न सकेन र इनटर विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

कोरोना महामारीका कारण युरोपा लिगको नियमित तालिका प्रभावित हुँदा युइएफएले क्वाटरफाइनलदेखिका खेलहरु सिंगल लिगको आधारमा एउटै देशमा सञ्चालन गरिरहेको छ ।

 इन्टरले अब फाइनल प्रवेशका लागि साख्तर डोनेस्क र बासेलबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment