Comments Add Comment

गोंगबु प्रकरण : स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि घाँटी थिचेर हत्या

२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस गोंगबु प्रकरण : महिला भेट्न निस्किएकै दिन हत्या !

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment