+
+
Shares

सामान्य अवस्थामा फर्किँदै पाकिस्तान

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १३:३५

२७ साउन, काठमाडौं । पाकिस्तान कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । पाकिस्तानमा पछिल्लो केही समययता निरन्तर कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आउन थालेसँगै पाकिस्तानमा जिम, सैलुन र रेष्टुरेन्टहरु खुलेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि यी क्षेत्रमा लगाइएको प्रतिबन्ध सोमबारदेखि हटाइएको हो ।

अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८० हजार नाघिसकेको छ । करिब ६ हजार १ सय जनाको यो भाइरसका कारण मृत्यु पनि भइसकेको छ । यद्यपि गत जुन महिनाबाट भने पाकिस्तानमा कोरोना भाइरसको संक्रमण विस्तारै घट्दै आएको छ । जुन महिनामा पाकिस्तानमा एकैदिनमा करिब सात हजार नयाँ संक्रमित फेला परेका थिए भने ११८ जनाको मृत्यु भएको थियो । आइतबार पनि पाकिस्तानमा कोरोना भाइरसका ५३९ नयाँ संक्रमित फेला परेका थिए भने १५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । अगष्ट महिनामा एकदिनमा भेटिएका संक्रमितको संख्या एक हजारभन्दा कम देखिँदै आएको छ ।

संक्रमणमा निरन्तर कमी आएसँगै सरकारले सोमबारदेखि स्कुल, कलेज र अन्य शैक्षिक संस्थाहरु पनि खुला गरिएको छ । कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै कोरोना भाइरस महामारीका कारण समस्यामा परेको अर्थतन्त्रलाई पहिलाकै अवस्थामा फर्काउन केही शर्तहरु सहित सबै क्षेत्र खोल्ने अनुमति दिइएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?